नियम ५६
नयाँ शेयरहरू निष्कासन गर्ने र बिक्री गर्ने
(१) कर्पोरेशनको साधारण सभाले प्रस्ताव पास गरी अन्यथा निर्णय गरेमा बाहेक नयाँ निष्काशन गरिएको शेयरहरू सर्ब प्रथम पूराना रजिष्टर शेयरहोल्डरलाई अवस्थानुसार बिक्री गरिनेछ । त्यसरी बिक्रीमा निकाल्दा त्यस्तो कुरा खुलाई कमसेकम २४ दिनको म्याद तोकी पुराना शेयरहोल्डरहरूलाई सूचना जारी गरिनेछ ।
(२) उपनियम (१) बमोजिम नलिएका शेयरहरूका सम्बन्धमा समितिले कर्पोरेशनको सर्वोत्तम हितको ख्याल राखी सर्वसाधारण जनतालाई बिक्री गर्न सक्नेछ ।